बिहीबार, भदौ ४, २०८३

प्रहरीलाई ६५ थान पीपीई

प्रहरी प्रधान कार्यालयलाई सनराइज बैंकले ६५ थान पीपीई (पर्सनल प्रोटेक्सन इक्विपमेन्ट) हस्तान्तरण गरेको छ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

काठमाडौं - प्रहरी प्रधान कार्यालयलाई सनराइज बैंकले ६५ थान पीपीई (पर्सनल प्रोटेक्सन इक्विपमेन्ट) हस्तान्तरण गरेको छ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त सामग्रीले रोग फैलनाबाट जोगाउन महत्वपूर्ण सहयोग गर्ने भन्दै सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए।
पौडेलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि नेपाल प्रहरीले आफ्नो जीउ ज्यान जोखिममा राखेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीलाई सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सम्भावित जोखिमबाट बची जोखिममा अहोरात्र खटिने प्रहरी कर्मचारी र सर्वसाधारणहरुमा सङ्क्रमण भएको खण्डमा बचाउन पीपीई हस्तान्तरण गरिएको हो। रासस

प्रकाशित: Mar 27, 2020| 12:36 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।