बिहीबार, भदौ ४, २०८३

नेपालगञ्जमा सेना पनि सडकमा

‘लकडाउन’ को चौथो दिन आजदेखि नेपालगञ्जमा नेपाली सेना परिचालन गरिएको छ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

बाँके– ‘लकडाउन’ को चौथो दिन आजदेखि नेपालगञ्जमा नेपाली सेना परिचालन गरिएको छ।

कोरोना भाइरसको जोखिम बढेसंगै सुरक्षा सावधानीका लागि बाँके प्रशासनले बारम्बार मानिसहरुलाई घरबाहिर ननिस्कन भने पनि निषेधाज्ञाको अवज्ञा भइरहेपछि सेनालाई खटाइएको हो।

अहिले नेपालगञ्जका सडक र चोकहरुमा नेपाली सेनाले सशस्त्र र जनपद प्रहरीसँगै खटिएको छ।

बिहीबार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्को नेतृत्वमा बसेको सुरक्षा समितिको बैठकले सेनालाई पनि सडकमा उतार्ने निर्णय गरेको थियो।

पहिलो दिन र दोस्रो दिन सम्झाईबुझाई मात्र गरेको प्रशासनले तेस्रो दिन बिहीबार साँझदेखि अन्य दिनको तुलनामा सडकमा हिडनेमाथि कडाई गरेको छ ।

सेना पनि सडकमा आएपछि अहिले नेपालगञ्जका सडकमा मानिसको आवतजावत शून्य जस्तै छ ।

प्रकाशित: Mar 27, 2020| 12:13 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।