बिहीबार, भदौ ४, २०८३

संक्रमित २ जनाको अवस्था सामान्य

कोरोना संक्रमण पुष्टि भएका २ जनाको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

काठमाडौं- कोरोना संक्रमण पुष्टि भएका २ जनाको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुवै जनाको सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा उपचार भइरहेको बताए। चैत ४ गते फ्रान्सबाट र ६ गते खाडी मुलुकबाट आएका २ जनाकाे उपचार भइरहेकाे छ।

देवकोटाका अनुसार उनीहरुको अवस्था सामान्य छ। हालसम्म ८ सय २ नमुना परीक्षण गरिएको छ। तीमध्ये ७९९ जनाको रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले प्रस्ट पारेका छन्।

चैत १२ गतेपछि परीक्षण गरिएका कसैलाई पनि संक्रमण देखिएको छैन, प्रवक्ता देवकोटाले भने, अहिले उपत्यकाका टेकुमा ४, पाटन अस्पतालमा ६ र कान्ति अस्पतालमा ३ जना आइसोलेसनमा छन्।

विभिन्न प्रदेशमा आइसोलेसनमा रहेका व्यक्तिहरुको तथ्यांक संकलन भइरहेको छ।
कोरोना संक्रमणको पुष्टि भएका दुवै बिरामीका आफन्त सम्पर्कमा आएको र उनीहरु सरकारको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये कसैलाई पनि कोरोनोको लक्षण नदेखिएको प्रवक्ता देवकोटाले बताए।

 

प्रकाशित: Mar 27, 2020| 11:26 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।