बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश सरकारलाई सहयोग गर्न मुख्यमन्त्री शाहीको आग्रह

प्रदेश सरकारलाई सहयोग गर्न मुख्यमन्त्री शाहीको आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले गरेको प्रयासलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गरेका छन्।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले गरेको प्रयासलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गरेका छन्। शुक्रबार कर्णालीवासीका नाममा विशेष सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘कोरोनाबाट बच्न प्रदेश र स्थानीय सरकारले गरेका प्रयासलाई आ–आफ्नो तर्फबाट सहयोग गर्नु अनुरोध गर्दछु।’

कोरोनाको त्रास बढ्दै गएपछि कर्णालीवासीलाई नआत्तिन र घरभित्रै बस्न पनि मुख्यमन्त्रीले आग्रह गरे। नेपालमा कोरोनाको संक्रणम देखिएपछि सम्भावित जोखिमलाई न्यूनिकरण गर्न गरिएको लकडाउनलाई पूर्ण पालन गर्दै घरभित्रै बसेर सहयोग गर्न उनले अनुरोध गरे। करिब ५ मिनेट लामो सम्बोधनमा मुख्यमन्त्रीले घरबाट बाहिर ननिस्कन र भिडभाड हुने गरी कुनै पनि गतिविधि नगर्न आह्वान गरे।

अस्पतालमा आइसोलेसन र प्रत्येक स्थानीय तहमा हेल्थ डेस्कहरु राखेर जोखिम न्यूनिकरण गर्ने प्रयास भइरहेको बताउँदै उनले प्रदेशवासीलाई नआत्तिन र धैर्यतापूर्वक सावधानी अपनाउन कर्णालीवासीलाई अनुरोध गरे।

राहतकोषमा सहयोगको गर्न आह्वान

मुख्यमन्त्री शाहीले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेश विपद् व्यवस्थापन कोषमा सहयोगका लागि आह्वानसमेत गरेका छन्। महामारीसँग लड्नका लागि ५० करोडको राहत कोष स्थापन गरेको बताउँदै उनले उक्त कोषमा सहयोग गर्न स्थानीय तहका जनप्रतिनिधि, राष्ट्रिय सेवक कर्मचारी र उद्योगी–व्यवसायीलार्ई अनुरोध गरेका हुन्।

यसअघि राहत कोषमा कर्णालीमा मुख्यमन्त्रीसहित सवै मन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरिसकेका छन्। त्यस्तै मुख्यमन्त्रीको सचिवालयमा कार्यरत ५ जना कर्मचारीले समेत एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने जनाएका छन्। ५० करोडको राहतकोष स्थापना गरेको प्रदेश सरकारले कोरोना महामारीको प्रतिकार्यका लागि प्रत्येक जिल्लामा ५०÷५० लाख रकम पठाउने भएको छ।

प्रकाशित: Mar 27, 2020| 10:41 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।