बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कपिलवस्तुमा छिमेकी युवाबाट १३ वर्षीया बालिका बलात्कृत

कपिलवस्तुमा छिमेकी युवाबाट १३ वर्षीया बालिका बलात्कृत

कपिलवस्तुमा १३ वर्षीय एक बालिका छिमेकी युवाबाट बलात्कृत भएकी छन्।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

काठमाडौं– कपिलवस्तुमा १३ वर्षीय एक बालिका छिमेकी युवाबाट बलात्कृत भएकी छन्।

मायादेवी गाउँपालिका–४, गौरामा बिहीबार राति १३ वर्षीया एक बालिका छिमेकी २५ वर्षीय एजाज मुसलमानबाट बलात्कृत भएको बालिकाको परिवारले जनाएको छ।

राति १० बजे घर अगाडिको धारामा पानी भर्ने क्रममा बालिकालाई घरपछाडि लगेर बलात्कार गरेको बालिकाकी आमाले जानकारी दिइन्। बालिकाको मुखमा कपडा कोचेर बलात्कार गरिरहेको समयमा छिमेकीले देखेर उद्दार गरेको स्थानीय हृदयराम यादवले बताए।

बालिकालाई उपचारको लागि तौलिहवा अस्पताल लगिएको परिवारले जनाएको छ। गाउँलेले बलात्कार गर्ने युवालाई प्रहरीको जिम्मा लगाउन खोजे पनि उनको परिवारले गाउँलेबाट खोसेर भगाएको यादवले बताए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमित भण्डारीले पीडित पक्ष केहीबेरअघि प्रहरीमा आएको र घटनाबारे अनुसन्धान भइरहेको बताए। “बालिका बलात्कृत भएको भनेर आफन्तहरू आएका छन्, हामी बुझ्दै छौं,” भण्डारीले भने, “बालिकाको स्वास्थ्य परीक्षण पनि भइरहेको छ।”

प्रकाशित: Mar 27, 2020| 10:11 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।