बिहीबार, भदौ ४, २०८३

उच्च ज्वरोको बिरामी आएपछि अस्पतालका बिरामी त्रसित

प्रदेश नं २ को प्रादेशिक अस्पतालमा उपचारका लागि आएका एक बिरामीलाई कोरोना संक्रमणकाे आशंका गरेपछि अस्पतालका बिरामी त्रसित बनेका छन्।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

जनकपुरधाम- प्रदेश नं २ को प्रादेशिक अस्पतालमा उपचारका लागि आएका एक बिरामीलाई कोरोना संक्रमणकाे आशंका गरेपछि अस्पतालका बिरामी डराएका छन्।

जनकपुरको एक निजी नर्सिङ होमबाट रिफर गरिएका बिरामीलाई प्रादेशिक अस्पतालको आकस्मिक कक्षले आईसीयूमा भर्ना गर्न नमान्दा पहिलेदेखि त्यहाँ भर्ना रहेका बिरामीहरु त्रसित बनेका हुन्।

उच्च ज्वरो रहेक ती बिरामी अस्पतालमा आएपछि त्यहाँ पहिल्यैदेखि उपचाररत कतिपय बिरामीहरु डराएको अस्पतालका एक कर्मचारीले बताए।

‘निजी नर्सिङ होमबाट रिफर भएर आएका बिरामीमा उच्च ज्वरो देखिएको थियो, श्वास फेर्नसमेत समस्या भइरहेको थियो,’ ती कर्मचारीले भने, ‘आकस्मिक कक्षबाट सोझै आइसीयुमा पठाइयो।

शंकास्पद देखिएपछि आइसोलेसन वार्डमा पठाउनु पर्ने थियो।’ आइसोलेसन वार्डमा नपठाएर सोझै आइसीयुमा पठाइएपछि पहिलेदेखि उपचार गराइरहेको ६ जना बिरामीसमेत त्यहाँबाट गएको अस्पतालका ती कर्मचारीले बताए। उनका अनुसार आइसीयुमा उपचार गराइरहेकामध्ये २ जना वार्डमा र अन्य आ–आफ्नो घर फर्किएका छन्।

शंकास्पद बिरामीलाई आकस्मिक कक्षले आइसीयुमा नराखी सिधै एम्बुलेन्समा राखेर धनुषाको नगराईन नगरपालिकाको गंगुलीस्थित क्षेत्रीय क्वारेन्टाइनमा पठाइएको बुझिएको छ।

यस विषयमा आइसीयु कक्षका ईञ्चार्ज डा. संजय यादवसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

यता, गंगुलीस्थित क्वारेन्टाइनमा ६ जना कोरोना शंकास्पद बिरामी राखिएको छ। यसैगरी प्रदेश २ को विभिन्न स्थान गरी जम्मा १६५ जना शंकास्पदलाई क्वारेन्टाइनमा राखिएको छ। प्रदेश २ मा हालसम्म कोरोना संक्रमित कोही फेला नपरेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले बताए।

कोरोना संक्रमणको  आशंका गरिएका तीनजनामा परीक्षणपछि नेगेटिभ परिणाम भेटिएको झाले बताए। काठमाडौंको टेकुस्थित अस्पतालले तीनैजनामा कोरोना संक्रमण नरहेको पुष्टि गरेको झाले जानकारी दिए। 

प्रकाशित: Mar 27, 2020| 10:02 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।