बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति सीले ट्रम्पलाई फोन गरेर भने– कोरोनाविरुद्ध सँगै लडौँ

राष्ट्रपति सीले ट्रम्पलाई फोन गरेर भने– कोरोनाविरुद्ध सँगै लडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कारोना भााइरसका विरुद्ध एक भएर लड्न आग्रह गरेका छन्।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कारोना भााइरसका विरुद्ध एक भएर लड्न आग्रह गरेका छन्।

चिनियाँ राष्ट्रपति सिले आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेका थिए। सोही क्रममा राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सो प्रस्ताव राखेका हुन्।

चिनियाँ सरकारी मिडियाले आज सो विषयमा जानकारी गराएका हुन् । चीन र अमेरिका पछिल्लो समयमा कोरोनाबाट बढी प्रभावित भएका छन् । तर चीनमा भने यो भाइरसको सङक्रमण नियन्त्रणमा आइसकेको बताइएको छ ।

चीनको उहानबाट निस्किएको यो भाइरसबाट हाल संसारका करिब पाँच लाख मानिस सङक्रमित भइसकेका छन् । साथै यसबाट २४ हजार भन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।

चिनियाँ राष्ट्रिय प्रसारण सिसिटिभीले जनाएअनुसार चिनियाँ राष्ट्रपति सिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरससम्बन्धी सूचनाहरु आदानप्रदान गर्ने र आगामी दिनमा यसका विरुद्धमा मिलेर लड्ने प्रस्ताव गरेका थिए।

यसैबीच आजमात्र प्राप्त समाचारमा चीनमा भन्दा बढी सङक्रमित व्यक्ति अमेरिकामा भेटिएका छन् । अमेरिकामा हाल ८५ हजारभन्दा बढी व्यक्ति भेटिएका छन् भने त्यहाँ एक हजार ३०० ज्यान गइसकेको छ ।

रासस

प्रकाशित: Mar 27, 2020| 08:50 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।