आइतबार, चैत ८, २०८२

चर्चित फुटबल खेलाडी र क्लबहरु जुटे कोरोनाविरुद्ध

विश्वकै चर्चित फुटबल खेलाडी, अफिसियल र क्लबहरुले अस्पताल, सरकार र संक्रमितलाई सहयोग गरेका छन्।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

एजेन्सी– विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४ लाख ५० हजार नाघेको छ। यसबीच कोरोनाबाट संक्रमित र जोखिममा परेकाकोे उपचार र सुविधाका लागि सहयोगसमेत जुट्न थालेको छ।

National life

विश्वकै चर्चित फुटबल खेलाडी, अफिसियल र क्लबहरुले अस्पताल, सरकार र संक्रमितलाई सहयोग गरेका छन्।

रोनाल्डो र एजेन्ट मेन्डेसको एक मिलियन यूरो सहयोग

क्रिस्टियोना रोनाल्डो र उनका एजेन्ट जर्ज मेन्डेसले पोर्चुगलमा तीनवटा इन्टेन्सिभ केयर युनिट (आईसीयू) बनाउनका लागि १० लाख पाउन्ड सहयोग गरका छन्।

यो सहयोगले सान्ता मारिया हस्पिटलमा थप दुईवटा र सान्तो एन्टोनियो अस्पतालमा एउटा आईसीयू युनिट निर्माण हुनेछ।

Laxmi sunrise bank
kumari

यि तीन युनिटहरुमा थप १५ सुविधासम्पन्न आईसीयू बेड स्थापना गर्न सकिने अस्पतालहरुले जनाएका छन्।

मेस्सीको पनि एक मिलियन यूरो सहयोग

बार्सिलोनाका कप्तान एवम् फरवार्ड मेस्सी पनि कोरोनाविरुद्धको संघर्षमा छन्। उनले कोभिड–१९ रोकथामका लागि एक मिलियन यूरो सहयोग गरेका छन्।

मेस्सीले बार्सिलोनाको अस्पताल र अर्जेन्टिनामा मेडिकल सेन्टर स्थापनाका लागि सो सहयोग गरेका हुन्।

गार्डिओलाको एक मिलियन

म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले कोरोना भाइसरविरुद्ध लड्नका लागि एक मिलियन सहयोग गरेका छन्। उनले मंगलबार एन्जेल सोलेर डेनियल फाउन्डेसनलाई एक मिलियन यूरो सहयोग गरका हुन्।

उनको सहयोग आपतकालीन समयमा मेडिकल सामग्री किन्नका लागि खर्च हुनेछ।

रामोसको सामग्री सहयोग

रियल मड्रिडका कप्तान सर्जियो रामोस र उनकी श्रीमती पिलर रुबिओले दुई लाख ६४ हजार थान मास्क, १ हजार ५०० थान टेस्ट किट र एक हजार थान सुरक्षा सामग्री सहयोग गर्ने बाचा गरेका छन्।

उनीहरुले यी सामग्री युनिसेफलाई हस्तान्तरण गर्नेछन् । रोमास युनिसेफको अन्तराष्ट्रिय सदभावना दूत पनि हुन्।

लेबान्डोस्की दम्पत्तीको एक मिलियन सहयोग
बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेबान्डोस्की र उनकी श्रीमती अन्ना लेवान्डोस्कीले १० लाख यूरो सहयोग गरेका छन्।

यस्तै बायर्नका लियोन गोरेत्जा र जोस्ह्वा किम्मिचले पनि ‘वी किक केरोना’ कोष स्थापना गरेर रकम संकलन गरिरहेका छन्।

अहिलेसम्म उक्त कोषमा करिब २५ लाख यूरो संकलन भइसकेको र उक्त रकम कोराना रोकथाममा काम गरिरहेका सामाजिक संस्थालाई दिइने उनीहरुको भनाई छ।

लिभरपुलका कामदारको सहयोग

फुटबल गतिविधि स्थगित भएपछि फुर्सद पाएका लिभरपुलका कामदारले अब सुपरमार्केटमा सहयोग गर्ने भएका छन्।

च्याम्पियन्स लिगको साविक विजेता क्लबका कामदारले बेलायतका स्टोरमा सहयोग गर्ने भएका हुन।
क्लबका कार्यकारी अफिसर पिटर मोरेले बेलायतका पसलहरुमा भीडभाड कम गर्न र पाका मानिसहरुलाई सहयोग गर्न यस्तो गरिएको बताए।

देशका अधिकांश स्टोरमा माग अत्याधिक बढेको छ। जसले गर्दा मानिसहरु लाइनमा लागेर समान लिनु परिरहेको छ। त्यसलाई कम गर्न लिभरपुलले सहयोग गरेको हो।

आर्सनलको एक लाख पाउण्ड

इंग्लिस क्लब आर्सनलले स्थानीय च्यारिटीलाई एक लाख पाउण्ड सहयोग गरेको छ।

लन्डन क्लबले अत्यावश्यक वस्तुको ढुवानीको लागि सवारीसाधनको पनि व्यवस्था गरेको छ। उसले आफ्नै स्टाफहरुबाट ढुवानी गराउँदै आएको छ।

पीएसजीको एक लाख यूरो

पेरिस सेन्ट जर्मेन क्लब (पीएसजी) ले प्राथमिक उपचार र असहायका लागि एक लाख यूरो सहयोग गरेको छ।

उसले बालबच्चा, बृद्धबृद्धा र घर नभएका साथै चिकित्सक र स्वयंसेवकलाई लक्षित गरी उक्त रकम सहयोग गरेको हो।

त्यस्तै टोटेनहमका डिफेन्डर टोबे अल्डेरवियर्डले अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् भने स्कटिस पार्ट टाइम खेलाडी डेबिड गोल्डले युट्युब च्यानलबाट बालबालिकालाई पढाउने भएका छन्।

प्रकाशित: Mar 27, 2020| 08:03 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।