बिहीबार, भदौ ४, २०८३

दूर शिक्षामा जोड दिन एनसिए नेपालको आग्रह

शिक्षा अधिकारमा क्रियाशील संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले कोरोना भाइसरको विश्वव्यापी महामारीका कारण घरमै रहन बाध्य बालबालिकालाई सरकारले दूर शिक्षा र प्रविधिमा आधारित सिकाइ प्रणालीबाट शिक्षा दिन आग्रह गरेको छ ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

शिक्षा अधिकारमा क्रियाशील संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले कोरोना भाइसरको विश्वव्यापी महामारीका कारण घरमै रहन बाध्य बालबालिकालाई सरकारले दूर शिक्षा र प्रविधिमा आधारित सिकाइ प्रणालीबाट शिक्षा दिन आग्रह गरेको छ ।

घरभित्र मात्र सीमित रहनु पर्दा उनीहरुका लागि उकुसमुकुसको वातावरण सिर्जना हुने भएकाले विपद्को अवस्थामा समेत बालबालिकोका शिक्षा पाउने अधिकारबाट वञ्चित हुन नहुनेमा सो अभियानले जोड दिएको हो ।

अभियानका अध्यक्ष डिल्लीराम सुवेदीले आज विज्ञप्ति जारी गरी आफू स्वयम् सुरक्षित रहँदै हामी नागरिक समाजका प्रतिनिधिहरुले सरकारलाई आलोचनात्क तथा रचनात्मक सहयोग गर्ने र सचेतना अभियानमा संलग्न हुन अत्यावश्यक देखिएको पनि जनाएका छन्।

छिमेकी मुलुक भारत, चीनलगायत अन्य प्रभावित देशहरुबाट फर्किएका नागरिक अनिवार्य होम क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी आह्वानबमोजिम उनीहरु बसे वा नबसेको अनुगमन गरी स्थानीय सरकारलाई सहयोग गर्न, बालबालिकाको सिकाइलाई निरन्तरता दिन सरकारले के कस्ता कदम चालेका छन् भन्नेबारेमा अनुगमन गरी बालकेन्द्रित सिकाइलाई थप प्रभावकारी बनाउन पनि अनुरोध गरिएको छ ।
रासस

प्रकाशित: Mar 27, 2020| 07:22 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।