मंगलबार, असार ३०, २०८३

बार्सिलोनाले खेलाडी र कामदारको तलब कटौती गर्ने

स्पोनिस लिग विजेता बार्सिलोनाले खेलाडी र कामदारको तलबमा कटौती गर्ने भएको छ। कोरोना भाइसरको संक्रमण विश्वव्यापी भएपछि क्लबलाई आर्थिक संकट आइपरेको बताउँदै क्लबले यस्तो निर्णय गरेको हो।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

स्पोनिस लिग विजेता बार्सिलोनाले खेलाडी र कामदारको तलबमा कटौती गर्ने भएको छ। कोरोना भाइसरको संक्रमण विश्वव्यापी भएपछि क्लबलाई आर्थिक संकट आइपरेको बताउँदै क्लबले यस्तो निर्णय गरेको हो।

बार्सिलोनाका बोर्ड अफ डाइरेक्टरले क्लबमा आर्थिक सन्तुलनका लागि सावधानी अपनाउन यस्तो गरिएको बताएका छन्। खेलाडी र कामदारको सम्झौताअनुसार अनुपातिक रुपमा तलब कटौती गरिने क्लबले बताएको छ। खेलाडीको तलब ७० प्रतिशतसम्म कटौती हुन सक्ने बताइएको छ।

यता, क्लबले अत्यावश्यक बाहेकका सामान्य कामदारलाई कोरोना भाइरसको जोखिम नहटेसम्मको लागि कामबाट हटाएको छ। क्लबले जारी संकट हटेर छिटै खेलमा फर्कन चाहेको पनि बताएको छ।
एजेन्सी

प्रकाशित: Mar 27, 2020| 07:08 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।