काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा बिहीबार एकै दिनमा ८ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएकाे छ ।
कोरोनाबाट एकै दिनमा यति धेरै संख्यामा मृत्यु भएको भारतमा यो पहिलो पटक हो । बुधबार २ जनाको मृत्यु भएको थियो ।
बुधबार १२ जना नयाँ संक्रमित देखिएकोमा बिहीबार ७० जनामा संक्रमण पुष्टि भएको छ।
भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको छ भने मृत्यु हुनेको संख्या २० पुगेको छ ।
भारतमा कोरोना संक्रमितमध्ये ४५ जना पूर्ण रुपमा स्वस्थ भएर घर फर्किएका छन् भने ६ सय ६२ जना उपचारत छन् ।