बिहीबार, भदौ ४, २०८३

सामुदायिक विद्यालयमा अस्थायी क्वारेन्टाइन

कोभिड–१९को सङ्क्रमण रोकथामका लागि बाँकेका स्थानीय तहले गाउँगाउँमा क्वारेन्टाइन तयार गरेका छन् ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

कोभिड–१९को सङ्क्रमण रोकथामका लागि बाँकेका स्थानीय तहले गाउँगाउँमा क्वारेन्टाइन तयार गरेका छन् । स्थानीय तहले सामुदायिक विद्यालयलाई अस्थायी क्वारेन्टाइनका रुपमा तयार गरेर कोरोना भाइरसविरुद्धको पूर्वतयारी र सजगता अपनाएका छन् ।

बैजनाथ गाउँपालिकाले आठवटै वडामा क्वारेन्टाइनका रुपमा विद्यालयलाई प्रयोग गर्ने गरी तयारी गरिएको अध्यक्ष मानबहादुर रुचालले बताए। कोरोना भाइरसको सङ्क्रमणको पूर्वतयारीस्वरुप क्वारेन्टाइनका लागि गाउँपालिकाको वडा नं १ देखि ८ मा रहेका विद्यालय प्रयोग गर्ने गरी तयार गरिएको उनले जानकारी दिए।

उनका अनुसार कोरोना भाइरस सङ्क्रमित शङ्कास्पद बिरामी आएमा तत्काल क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न वडा नं १ को सूर्योदय मावि चिसापानी, २ को जनता आदर्श मावि डिगिया, ३ को सरस्वती मावि बैरहवा र ४ को बिपी मेमोरियल मावि बानियाभारलाई प्रयोग गरिनेछ । त्यसैगरी वडा नं ५ को प्रभात मावि जीगाउँ, ६ को आधारभूत मावि सम्झना, ७ को नेरा मावि पेडारी र वडा नं ८ को स्वास्थ्य चौकी टिटिहिरियामा क्वारेन्टाइन तयार गरिएको गाउँपालिका अध्यक्ष रुचालले जानकारी दिए।

खजुरा गाउँपालिकाले बजारक्षेत्रमा ज्ञानोदय मावि, सीतापुर र राधापुर क्षेत्रलाई समेट्ने गरी मैटहवा माविमा क्वारेन्टाइन तयार गरिएको अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।
नरैनापुर गाउँपालिकाले वडा नं ४ खोदवाँस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई क्वारेन्टाइन केन्द्र बनाउने निर्णय गरिएको अध्यक्ष इश्तियाक अहमद साहले बताए। अहिलेलाई १० श्ययाको क्वारेन्टाइन बनाउने तयारी गरिएको जानकारी दिँदै आवश्यकतानुसार अन्य स्थानमा पनि क्वारेन्टाइन बनाउन सकिने उनले बताए।

नेपालगञ्ज उपमहानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन सञ्चालन गरी शङ्कास्पद बिरामीसमेत राख्न शुरू गरिसकेको छ । कोभिड–१९ सङ्क्रमित किशोरीसँगै हवाईयात्रा गरेका बाँकेका तीनसहित विदेशबाट फर्किएका पाँच गरी आठ जनालाई उक्त क्वारेन्टाइनमा राखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए।
रासस

प्रकाशित: Mar 27, 2020| 02:19 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।