सुर्खेत– कर्णाली प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । कोरोनाको त्रासका कारण लकडाउन भएपछि बैठक स्थगित भएको हो ।
यसअघि प्रदेश सभाको बैठक बिहीबारका लागि आव्हान गरिएको थियो ।
कोरोनाको त्रासका कारण अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएको छ ।