बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वमै सबैभन्दा बढी कोरोनाका बिरामी अमेरिकामा, एकैदिन थपिए १७ हजार

विश्वमै सबैभन्दा बढी कोरोनाका बिरामी अमेरिकामा, एकैदिन थपिए १७ हजार

विश्वलाई आतंकित बनाएको कोरोना भाइरस अमेरिकामा तिब्र गतिमा फैलिएको छ ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

काठमाडौं- विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरस अमेरिकामा तीव्र गतिमा फैलिएको छ ।

कोरोना उत्पति भएको देश चीनलाई समेत पछि पार्दै अमेरिकामा संक्रमितको संख्या ८५ हजार ३ सय ७७ पुगेको छ ।

चीनमा ८१ हजार ३ सय ४० जनामा कोरोना देखिएकोमा ७४ हजार ५ सय ८८ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । अमेरिकामा भने १ हजार ८ सय ६८ जना मात्रै पूर्ण रुपमा स्वस्थ भएका छन् ।

वर्ल्डओमिटरका अनुसार अमेरिकामा बितेको २४ घण्टा (बिहीबार) मात्रै १७ हजार १ सय ६६ जना नयाँ संक्रमित भेटिएका छन् । बुधबार १३ हजार ३ सय ५५ मा संक्रमण पुष्टि भएको थियो ।

अमेरिकामा संक्रमितमध्ये ८२ हजार २ सय १४ जना उपचाररत छन् भने २ हजार १ सय २२ को अवस्था अत्यन्त गम्भीर रहेको छ ।

विश्व स्वास्थ्य स‌‌‍गठनका अनुसार यो भाइरस १९९ देशमा फैलिएको छ भने मर्नेको संख्या २१ हजार नाघेको छ । संक्रमितको संख्या झन्डै ४ लाख ६६ हजार पुगेको छ।

प्रकाशित: Mar 27, 2020| 01:59 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।