बिहीबार, भदौ ४, २०८३

युरोपमा मात्रै साढे दुई लाखलाई कोरोना संक्रमण

युरोपमा बिहीवारसम्म दुई लाख पचास हजार जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

युरोपमा बिहीवारसम्म दुई लाख पचास हजार जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

युरोपेली मुलुक स्पेनमा विश्वकै दोस्रो धेरै प्रभावित देशमा परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार स्पेनमा ४ हजार ८९ जनाको मृत्यु भइसकेको छ भने ५६ हजार १ सय ८८ जना सङ्क्रमित भएका छन् ।

स्पेनको स्वास्थ्य मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६ सय ५५ जनाको मृत्यु भएको छ । यसअघि बुधवार एकै दिनमा ७३८ जनाको मृत्यु भएको थियो ।

स्पेनमा मार्च १३ देखि सङ्कटकाल र लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण स्पेनमा भन्दा बढी इटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म ७० हजार जना सङ्क्रमित भएका छन् भने ७ हजार भन्दा बढिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो विवरण अनुसार संसारभर चार लाख ९१ हजार २ सय ५३ जना संक्रमित भएका छन् भने २२ हजार १६५ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण भएर पनि एक लाख १८ हजार ६० जना निकौ भएर घर फर्किसकेका छन् बिरामी अवस्थामै रहेका तीन लाख ३३ हजार २५९ जना अर्थात् ९५ प्रतिशत विरामीको अवस्था सामान्य रहेको छ भने १७ हजार ७६९ अर्थात् पाँच प्रतिशतको अवस्था मात्रै गम्भीर रहेको छ ।
रासस

प्रकाशित: Mar 27, 2020| 01:21 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।