आइतबार, चैत ८, २०८२

वैशाख पहिलो साता नेपालले खेल्ने नामिबिया सिरिज स्थगित

वैशाख पहिलो साता नेपालले खेल्ने नामिबिया सिरिज स्थगित
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

नेपालले नामिबियामा खेल्ने भनिएको एकदिवसीय सिरीज स्थगित भएको छ। कोरोना भाइरसका कारण नेपालले खेल्ने आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको नामिबिया त्रिकोणात्मक सिरिज स्थगित भएको हो ।

National life

अन्तरराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले आगामी जुन ३० तारिखसम्मका लागि नामिबिया सिरिजलगायत सबै प्रतियोगिता स्थगित गरिएको जनाएको छ । आइसीसीले यसअघि नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सातौँ चरणको त्रिकोणात्मक सिरिज आगामी वैशाख ८ देखि १५ गतेसम्म गर्ने तालिका सार्वजनिक गरेको थियो । विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले उक्त सिरिज स्थगित गर्नुपरेको आइसीसीले आज प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो ।

यस्तै आइसीसीले लिग दुईअन्तर्गतकै पपुपा न्यू गिनीमा हुने भनिएको नेपाल, पपुवा न्यू गिनी र युएईबीचको सिरिजसमेत स्थगित गरेको छ । आठौँ चरणको उक्त त्रिकोणात्क सिरिज आगामी जुन ९ देखि १६ तारिखसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । आइसीसीले यसअघि नै चैत १९ देखि २६ गेतसम्म हुने भनिएको लिग दुईअन्तर्गतको छैटौँ चरणको अमेरिका, संयुक्त अरब इमिरेटस् र स्कटल्याण्ड बीचको सिरिज रद्द गरिसकेको छ ।

कोरोना भाइरसका कारण युएईको दुबईस्थित आइसीसीको मुख्यालयसमेत अहिले बन्द छ । स्थगित भएको सिरिज आगामी सेप्टेम्बरमा गर्ने आइसीसीले जनाएको छ । आइसीसी विश्वकप लिग दुई सन् २०२२ सम्म सञ्चालन हुनेछ । लिग दुईमा नेपालसहित अमेरिका, स्कटल्याण्ड, ओमान, युएई, नामिबिया र पपुवा न्यू गिनी छन् । प्रत्येक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्ने छन् ।

लिगको शीर्ष तीन टोली सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेञ्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Laxmi sunrise bank
kumari

विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुईसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् । नेपालले गत माघ तेस्रो साता घरेलु मैदानमा ओमान र अमेरिकासँग विश्वकप लिग दुईको पहिलो त्रिकोणात्मक सिरिज खेलको थियो । उक्त सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो भने अमेरिकासितका दुवै खेल जितेको थियो ।

नेपालले हालसम्म खेलेका चार खेलमा दुईमा जित तथा दुईमा हारका साथ चार अङ्क बटुलेको छ । नेपालले लिग दुईअन्तर्गत अब ३२ खेल खेल्न बाँकी छ । लिग दुईमा हालसम्म ओमान शीर्ष स्थानमा छ ।

ओमानले खेलेका १० खेलमा आठमा जित तथा दुईमा हारसँगै १६ अङ्क बटुलेको छ । लिगको दोस्रो स्थानमा अमेरिका रहेको छ । उसले १२ खेलमा छ मा जित तथा छ मा हारसँगै १२ अङ्क बनाएको छ । यस्तै स्कटल्याण्ड आठ खेलमा चारमा जित तथा तीनमा हारका तेस्रो स्थानमा छ । नामिबिया सात खेलमा चारमा जित तथा तीनमा हारका साथ चौथो स्थानमा छ । युएई सात खेलमा तीनमा जित तथा तीनमा हार ब्यहोर्दै लिगको पाँचौँ स्थानमा छ ।

नेपाल चार अङ्क बटुल्दै छैठौँ स्थानमा छ भने पपुवा न्यू गिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित हुँदै अङ्कबिहीन अवस्थामा छ । आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । आइसीसी लिग दुई सन् २०१९ को अगस्तदेखि शुरु भएको हो ।

टी ट्वान्टी विश्वकपको एसिया छनोट ‘बी’ स्थगित
यस्तै आगामी जुन २६ देखि जुलाई २ ताारिखसम्म मलेसियामा हुने आइसीसी पुरुष टी ट्वान्टी विश्वकपको एसिया छनोट ‘बी’ प्रतियोगितासमेत अनिश्चितकालका लागि स्थगित गरिएको आइसीसीले जनाएको छ । उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्डले खेल्ने तालिका तय गरिएको थियो ।

प्रकाशित: Mar 27, 2020| 01:17 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।