बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाऊः मानव अधिकार आयोग

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाऊः मानव अधिकार आयोग

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाऊः मानव अधिकार आयोग
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि लकडाउनका समयमा नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ। आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा लकडाउनको अवस्थामा घरमै रहेका अपाङ्गता भएका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नका लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन आग्रह गरिएको छ ।

आयोगले उपचारका क्रममा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र तिनका परिवारको स्वास्थ्य सुरक्षाको विशेष व्यवस्था गर्न आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको रोग फैलिन नदिन सरकारले लकडाउन गरेको कार्यलाई सकारात्मक रुपमा लिँदै आयोगले विषम परिस्थितिमा नागरिकप्रति सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ ।
रासस

प्रकाशित: Mar 27, 2020| 01:12 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।