तीन महिनाअघि चीनमा सुरु भएको कोरोना भाइरस (कोभिड–१९) महामारी १९९ देशमा फैलिएको छ। विश्व स्वास्थ्य सगठनका अनुसार यो भाइरसबाट मर्नेको संख्या २१ हजार नाघेको छ भने संक्रमितको संख्या झन्डै ४ लाख ६६ हजार छ।
कोरोनाबाट अहिलेसम्म सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ। दोस्रोमा चीन छ भने तेस्रोमा स्पेन। चौथोमा इरान छ भने पाँचौं नम्बरमा फ्रान्स छ। फ्रान्सपछि अमेरिका छ। अमेरिकामा तीव्र गतिमा फैलिँदो छ कोरोना भाइरस।