बिहीबार, भदौ ४, २०८३

कालोबजारी गर्ने ११ जना जनकपुरबाट पक्राउ

जनकपुरधाम– लकडाउनको मौका छोपेर खाद्यान्नलगायत सामग्री कालोबजारी गर्ने ११ जनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

जनकपुरधाम– लकडाउनको मौका छोपेर खाद्यान्नलगायत सामग्री कालोबजारी गर्ने ११ जनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ। खाना पकाउने ग्यास, आलु, प्याजलगायतका सामग्री कालोबजारी गरेको आरोपमा प्रहरीले विहिबार उनीहरुलाई पक्राउ गरेको हो ।

अनुगमनको लागि खटेको प्रहरी टोलीले ग्यास प्रतिसिलिण्डर १७००, आलु प्रतिकेजी ६०, प्याज प्रतिकेजी ८०, ५० को रिचार्ज कार्ड ६० मा बेचिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ परेका सबैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन्। यसअघि बुधबार प्रहरीले आलु प्याज कालोबजारी गर्ने तीनजनालाई पक्रउ गरेको थियो।

प्रकाशित: Mar 26, 2020| 14:11 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।