बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वडाबासीलाई सस्तैमा आलु-प्याज उपलब्ध गराउँदै वडाध्यक्ष

वडाबासीलाई सस्तैमा आलु-प्याज उपलब्ध गराउँदै वडाध्यक्ष

अहिले ७ नम्बर वडाबासीले बजारकै अन्य स्थानभन्दा सस्तो मूल्यमा आलु र प्याज खरिद गरिरहेका छन्।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

जनकपुरधाम– कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उद्देश्यले सरकारले देशभर ‘लकडाउन’ गरेर सबै नागरिक आ–आफ्नै घरमा बस्न आग्रह गरेको छ।

तर, ‘लकडाउन’ को मौका छोपेर केही व्यापारीले खाद्द वस्तुको भाउ चर्को बनाएका छन्।

आलु र प्याजमा कालोबजारी गर्ने तीनजनालाई प्रहरीले बिहीबार जनकपुरबाट नियन्त्रणमा लिएको छ।

पक्राउ परेका तीनैजनाले खुद्रा व्यापारीले थोक विक्रेताले नै बढी रकम असुलेपछि आफूले ग्राहकसँग सोही बमोजिमको रकम लिएको दाबी गरेका छन्।

कालोबजारी भएको गुनासो बढेपछि जनकपुर उद्योग वाणिज्य संघले मूल्यमा एकरुपता ल्याउन बिहीबार आलु र प्याजको मूल्य निर्धारण गर्‍यो।

संघले आलु प्रतिकेजी ४५ र प्याज प्रतिकेजी ५० देखि ५५ रुपैयाँ तय गरेको छ ।

तर जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले संघले तय गरेकोभन्दा सस्तो मूल्यमा आफ्ना वडावासीहरुलाई आलु, प्याज र नुन उपलब्ध गराइरहेका छन्।

वडाध्यक्ष जानकीराम साह

साहले आफ्नै पहलमा वडाबासीलाई आलु प्रतिकेजी ३६, प्याज प्रतिकेजी ४५ र नुन प्रति प्याकेट २० रुपैयाँमा उपलब्ध गराएका छन्।

अहिले ७ नम्बर वडाबासीले बजारकै अन्य स्थानभन्दा सस्तो मूल्यमा आलु र प्याज खरिद गरिरहेका छन्।

कोरोना संक्रमण रोकथाम गर्न मुलुकले नै संघर्ष गर्नुपरिरहेको बेला वडावासीलाई थोरै भए पनि सहुलियत दिनु आफ्नो कर्तब्य भएको साहले बताए ।

वडाका प्रत्येक परिवारलाई आलु पाँच केजी, प्याज दुई केजी र नुन एक प्याकेट सहुलियत दरमा उपलब्ध गराइएको उनले जानकारी दिए।

संकटको घडीमा वडावासीले कमसेकम आलु र प्याज पाए पनि ठूलो राहत हुने उनको भनाइ छ ।

संक्रमणको जोखिम कम गर्न खरिद गर्न आउनेहरुबीच कम्तीमा तीन फिटको दूरी कायम गर्न समेत लगाइएको छ।

प्रकाशित: Mar 26, 2020| 13:30 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।