बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एनआरएनएले एक करोडका स्वास्थ्य सामग्री उपलब्ध गराउने

एनआरएनएले एक करोडका स्वास्थ्य सामग्री उपलब्ध गराउने

एनआरएनएले एक करोडका स्वास्थ्य सामग्री उपलब्ध गराउने
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले रु. एक करोड बराबरको स्वास्थ्यसम्बन्धी सुरक्षा उपकरण नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सङ्घको बुधबार बसेको अन्तरराष्ट्रिय कार्यकारी सचिवालय बैठकले विश्वव्यापी रुपमा महामारी रुप लिएको कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित गराउन नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने निर्णय गरेको हो ।

सङ्क्रमणको समयमा स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारका सुरक्षा उपकरण र परीक्षण कीट चीन बेइजिङस्थित नेपाली दूतावासमा उपलब्ध गराइने सङ्घका अध्यक्ष कुमार पन्तले जानकारी दिए। उक्त सामान खरिद गर्न राष्ट्रिय समन्वय परिषद् चीनका प्रतिनिधिसहितको एक कार्यदलसमेत गठन गरिएको सङ्घका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए।
रासस

प्रकाशित: Mar 26, 2020| 13:24 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।