बिहीबार, भदौ ४, २०८३

विदेशबाट आएकालाई स्थानीय सरकारको निगरानीमा राखिने

कोरोना संक्रमित देश तथा उक्त देशको ट्रान्जिट हुँदै नेपाल आएका व्यक्तिहरुलाई स्थानीय सरकारले आफ्नै क्षेत्रका क्वारेनटाइनमा राख्नुपर्ने स्वास्थ्य सचिव यादव कोइरालाले बताएका छन्।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

काठमाडौं – कोरोना संक्रमित देश तथा उक्त देशको ट्रान्जिट हुँदै नेपाल आएका व्यक्तिहरुलाई स्थानीय सरकारले आफ्नै क्षेत्रका क्वारेनटाइनमा राख्नुपर्ने स्वास्थ्य सचिव यादव कोइरालाले बताएका छन्।

बिहीबार प्रेस ब्रिफिङ गर्दै सचिव यादवले त्यसरी राखिएका व्यक्तिलाई कोरोनाको संक्रमणको कुनै लक्षण देखिएमा त्यसपछि बेग्लै आइसोलेनमा राख्ने र अवस्था असामान्य बन्दै गए स्वाब परीक्षणको लागि पठाउनुपर्ने बताए।

कोइरालाले स्थानीय सरकारले प्रत्येकदिन उनीहरुको अवस्थाको निगरानी गरी गृहमन्त्रालयलाई सुचित गर्नुपर्ने बताए। उनले स्वास्थ्यकर्मीका लागि आवश्यक मास्क तथा औषधीहरुको व्यवस्था मिलाइएको र पीपीईको व्यवस्थासमेत तत्काल गरिने दाबी गरे।

सरकारले कोरोना भाइरसको उपचारका लागि देशभर तयार पारिएका २५ वटा हव अस्पताललाई फिवर क्लिनिक सञ्चालन गर्न १०/१० लाख रुपैयाँ पठाएको उनले जानकारी दिए। सचिव कोइरालाले सोही रकमबाट हव अस्पताललाई आवश्यक औषधी तथा उपकरण खरिद गरी सेवा सञ्चालन गर्न भनेका छन्। फिवर क्लिनिकमा जाँच गरेर कोरोनाको आशंका भएपछि मात्रै थप कोरोना भाइरस टेष्ट गरिने पनि कोइरालाले बताए।

नेपालमा अहिलेसम्म ७ सय बढीको कोरोना परीक्षण भएको र ३ जना बाहेक अरुमा पोजेटिभ नदेखिएको कोइरालाले जानकारी दिए।

प्रकाशित: Mar 26, 2020| 11:40 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।