बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खाद्यवस्तुका पसल सञ्चालन हुने, घरमै सामान पुर्‍याउन गृहको आग्रह

खाद्यवस्तुका पसल सञ्चालन हुने, घरमै सामान पुर्‍याउन गृहको आग्रह

कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनिकरणका लागि मुलुक लकडाउन भएको अवस्थामा अत्यावश्यक सामानहरु घरमै पुर्‍याउने गरी तयारी थालिएको छ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनिकरणका लागि मुलुक लकडाउन भएको अवस्थामा अत्यावश्यक सामानहरु घरमै पुर्‍याउने गरी तयारी थालिएको छ।

गृहमन्त्रालयमा बिहीबार सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर एवम् बिक्रेताहरुले आ–आफ्नो ‘डेलिभरी भ्यान’ मार्फत् आवश्यक दैनिक उपभोग्य वस्तु ग्राहको घरसम्मै पुर्‍याउने व्यवस्था गर्न निर्देशन दिएको छ।

त्यस्तै बैठकले आवश्यक पर्ने ‘डेलिभरी भ्यान’ (गाडी) का लागि जिल्ला प्रशासन कार्यालयबाट पास लिएर सञ्चालन गर्न भनेको छ।

निर्णयअनुसार पसलहरु सञ्चालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउनेछन्।

माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्न सबै स्टोर एवम् बिक्रेताले आफ्नो टोल फ्री नम्बर वा अन्य नम्बर उपलब्ध गराउनु पर्ने, फोन, अनलाइन तथा अफलाईन माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरु बिक्रिवितरण गर्ने निर्णय बैठकले गरेको छ।

गृह सचिवस्तरीय बैठकले दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनका लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था मिलाउन काठमाडौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका/नगरपालिकालाई निर्देशन दिएको छ।

त्यस्तै काठमाडौं बाहिर रहेका अत्यावश्यक वस्तुका स्टोर एवम् बिक्रेताहरुले पनि स्थानीय तथा जिल्ला प्रशासनको समन्वयमा यो व्यवस्था गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

यस्तो अवस्थामा कसैले कालोबजारी, कृत्रिम अभाव सिर्जना, जम्माखोरी जस्ता कार्य गरेमा तुरुन्त ११४९ मा फोन गर्न मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित: Mar 26, 2020| 10:42 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।