बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सार्क राष्ट्रका स्वास्थ्य अधिकारीहरूबीच भिडियो कन्फ्रेन्स, साझा वेबसाइट बनाउने तयारी

सार्क राष्ट्रका स्वास्थ्य अधिकारीहरूबीच भिडियो कन्फ्रेन्स, साझा वेबसाइट बनाउने तयारी

कोभिड–१९ को सूचना आदानप्रदान, इमरजेन्सी मेडिकल सहयोग तथा संयुक्त धारणा सार्वजनिक गर्नको लागि साझा वेबसाइट निर्माण गरिने भएको छ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

काठमाडौं– सार्क राष्ट्रका स्वास्थ्य अधिकारीहरूबीच भिडियो कन्फ्रेन्समार्फत छलफल भएको छ।

आज भएको भिडियो कन्फ्रेन्स (डिजिटल बैठक)मा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका विषयमा छलफल भएको हो।

भिडियो कन्फ्रेन्समा आठ देशका स्वास्थ्य अधिकारीहरू सहभागी थिए।

परराष्ट्र मन्त्रालयका अनुसार कोभिड–१९ को सूचना आदानप्रदान, इमरजेन्सी मेडिकल सहयोग तथा संयुक्त धारणा सार्वजनिक गर्नको लागि साझा वेबसाइट निर्माण गरिने भएको छ।

वेबसाइट १३ अप्रिलभित्र बनाइसक्ने छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

प्रकाशित: Mar 26, 2020| 10:20 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।