बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागरिक र स्वास्थ्यकर्मीको स्वास्थ्यप्रति संवेदनशिल बन्न आयोगको आग्रह

नागरिक र स्वास्थ्यकर्मीको स्वास्थ्यप्रति संवेदनशिल बन्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई लकडाउनको समयमा नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न आग्रह गरेको छ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई लकडाउनको समयमा नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न आग्रह गरेको छ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्दै दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको हो।

कोरोना भाइरस संक्रमणको आशंका गरिएका तथा संक्रमितहरुको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा तिनका परिवारको आवश्यक स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगले लकडाउनको अवस्थामा घरमै रहेका अपांग, बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नहरुको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन सरकारलाई सचेत गराएको छ।

नेपालमा समेत कोरोनाको संक्रमण पुष्टि भएपछि उत्पन्न विषम परिस्थिति नियन्त्रणका लागि सरकारको पछिल्ला कदमलाई सकारात्मक रुपमा लिँदै आयोगले वर्तमान जटिल परिस्थितिमा नागरिकको स्वास्थ्यप्रति जिम्मेवार हुन सरकारको प्रमुख दायित्व भएको स्मरणसमेत गराएको छ।

साथै आयोगले लकडाउनको पालना गरी घरभित्रै रहन आमनागरिकलाई आह्वानसमेत गरेको छ।

‘लकडाउनको अवज्ञा गर्नेलाई मानवोचित व्यवहारका साथ कानुनबमोजिम कारबाही गर्न आयोग सरकारलाई आग्रहसमेत गर्दछ’ प्रवक्ता वेद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Mar 26, 2020| 10:14 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।