बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफन्तलाई क्वारेन्टाइनमा राखेको भन्दै स्वास्थ्यकर्मी कुटिए

आफन्तलाई क्वारेन्टाइनमा राखेको भन्दै स्वास्थ्यकर्मी कुटिए

आफन्तलाई क्वारेन्टाइनमा राखेको भन्दै स्वास्थ्यकर्मी कुटिए
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

काठमाडौं– आफन्तलाई क्वारेन्टाइनमा रोखेको भन्दै बैतडीमा एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ।

बैतडीको पुरचौडी नगरपालिका–५ कुवाकोटमा स्थानीयले मदिरा सेवन गरी रातिको समयमा क्वारेन्टाइनमा आएर एक स्वास्थ्यकर्मी माथि कुटपिट गरेका हुन्।

कुवाकोटस्थित भूमिराज मावि काटै गहताडको क्वारेन्टाइनमा राखिएका मध्येका एक आफन्त नरेन्द्र जागिरीले ड्यूटीमा खटिएका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि मध्यराति कुटपिट गरेका हुन्।

जागिरीको कुटपिटबाट धामीको छाती तथा हातमा गम्भीर चोट लागेको स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरले जानकारी दिए। मदिरा सेवन गरेर आएका जागिरीले अहेब धामीको छातिमा बेञ्चको खुट्टाले प्रहार गर्दै दाँतले छाती र औँला टोकेको कुँवरले बताए।

कुटपिट गर्ने नरेन्द्रका भतिजा सुनिलसहित भारतको व्याङ्लोरबाट आएका सात जना स्थानीयलाई क्वारेन्टाइनमा राखिएपछि रातिको समयमा आएर कुटपिट गरेको बुझिएको छ।

‘स्थानीयको सहमतिमै सात जनालाई क्वारेन्टाइनमा राखिएको रहेछ तर, नरेन्द्रले राति आएर क्वारेन्टाइनमा किन राखेको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गरेछन्,’ कुँवरले भने, ‘स्वास्थ्यकर्मी नै असुरक्षित भएपछि कसरी काम गर्न सकिन्छ?’

कुँवरका अनुसार सीमा क्षेत्रमा स्थापना गरिएको हेल्थ डेस्कमा खटिएका धामी रातिको समयमा सहयोगका लागि क्वारेन्टाइनमा बसेका थिए। घाईते धामीको उद्धार गरेर हाट स्वास्थ्य चौकीमा ल्याइएको र थप उपचारका लागि डडेलधुरा पठाउने तयारी भैरहेको कुँवरले जानकारी दिए।

क्वारेन्टाइनमै आएर स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने नरेन्द्र स्थानीय एक कृषि सहकारी संस्थाको प्रबन्धकसमेत रहेको बुझिएको छ।

कुटपिटमा सलग्न नरेन्द्रलाई कडा कारवाही गर्न स्वास्थ्यकर्मीहरुले माग गरेका छन्। प्रहरीले कुटपिटमा संलग्न जागिरीलाई पक्राउ गरिसकेको जनाएको छ।

प्रकाशित: Mar 26, 2020| 10:00 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।