मंगलबार, असार ३०, २०८३

ओलम्पिक फुटबलका लागि उमेर हद बढाउन दक्षिण कोरियाको माग

दक्षिण कोरियाले आगामी सन् २०२१ मा हुने ओलम्पिक खेलकुदमा फुटबल खेलाडीको उमेर हदबन्दी बढाउन माग गरेको छ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

एजेन्सी- दक्षिण कोरियाले आगामी सन् २०२१ मा हुने ओलम्पिक खेलकुदमा फुटबल खेलाडीको उमेर हदबन्दी बढाउन माग गरेको छ।

यसै वर्ष जापानमा हुने भनिएको ओलम्पिक खेल कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण एक वर्षपछाडि धकेलिएको छ।

ओलम्पिक खेलमा २३ वर्षमूनि उमेर समूहको राष्ट्रिय टिमले प्रतिष्पर्धा गर्ने भएकाले यस वर्ष अभ्यास गरिरहेका खेलाडीको अर्को वर्ष उमेर हद नाघ्ने भएकाले दक्षिण कोरियाले यस्तो आग्रह गरेको हो।

यसअघिको निर्णयअनुसार ओलम्पिक फुटबलमा सन् १९९७ यता जन्मिएका फुटबल खेलाडीले मात्र प्रतिस्पर्धा गन पाउँछन्। तर यो वर्ष खेल नभएर अर्को वर्षलाई सर्ने भएपछि १९९७ र त्यसअघि जन्मिएका खेलाडीको उमेर २३ वर्ष नाघ्नेछ।

यसैकारण दक्षिण कोरियाले उमेर हदबन्दी बढाउन माग गरेको हो।

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार त्यहाँको फुटबल फेडरेशनले आईओसी, फिफा र एसियन फुटबल कन्फेडेरसन एएफसीलाई पत्र लेख्दै भनेको छ, ‘हाम्रो जो खेलाडी यस वर्षको ओलम्पिकको तयारी गरिरहेका छन् र ओलम्पिकका लागि दर्ता भएका छन्, उमेर हदका कारण उनीहरु आगामी वर्षका लागि सारिएको खेलका लागि अयोग्य नहुन्, यसको सुनिश्चिता हामीले चाहेका छौँ।’

दक्षिण कोरियाले ओलम्पिक फुटबलका लागि जनवरीमा भएको २३ वर्षमूनिको एएफसी च्याम्पियनसीप जितेको छ। जसमा १९९७ मा जन्मिएका खेलाडीहरु छन्।

दक्षिण कोरियाका वन दु जाई र सोङ बु–केन ओलम्पिक टिमको गोलकिपरका लागि दर्ता भएका छन्। उनीहरु अर्को सन् २०२१ मा २४ वर्षका हुनेछन्।

साथै दक्षिण कोरियाको ओलम्पिक समितिले आगामी ओलम्पिकका लागि टिम पुनः फर्मेशन गर्नेबारे पनि सोच्न आग्रह गरेको छ।

उता अस्ट्रेलियाको ओलम्पिक कमिटीले पनि ओलम्पिक खेलका लागि आवश्यक योग्यताका विषयमा पुनः छलफल आवश्यक भएको आईओसी र फिफालाई आग्रह गरेको छ।

प्रकाशित: Mar 26, 2020| 09:50 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।