बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अलपत्र विदेशी पर्यटकको उद्धार गरेर क्वारेन्टाइनमा राखिने

अलपत्र विदेशी पर्यटकको उद्धार गरेर क्वारेन्टाइनमा राखिने

 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

काठमाडौं । लकडाउनका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको उद्धार सुरु भएको छ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बुधबार पर्यटकलाई उद्धार गरी आफ्नो देश फर्किन सहजीकरण गर्ने निर्णय गरेसँगै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धारको काम थालेको हो । उद्धारका लागि तारा र बुद्ध एयरले नागरिक उड्ययन प्राधिकरणबाट अनुमति लिएका छन् ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययका अनुसार पर्यटकहरु जो जहाँ छन्, त्यहीँबाट उद्धार गरिनेछ । त्यसको लागि उनीहरुसँग सम्पर्क गर्ने सरकारले कोसिस गरिरहेको छ भने पर्यटक आफैँले पनि जानकारी दिन सक्नेछन्।

उद्धार गरिएका पर्यटकलाई विभिन्न होटलमा क्वारेन्टाइनमा राखिनेछ। सरकारले उद्धार गरेर काठमाडौं ल्याएका पर्यटकले होटलमा बसेको खर्च भने आफैँ व्यहोर्नुपर्नेछ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा मार्च महिनासम्म हवाई मार्गबाट आएका तर अध्यागमनको रेकर्ड अनुसार स्वदेश फर्किन बाँकी विदेशीहरुको संख्या करिब १० हजार छ।

 

प्रकाशित: Mar 26, 2020| 08:08 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।