बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रण गर्न प्रदेश २ सरकारद्वारा २५ करोडको राहत कोष स्थापना

कोरोना नियन्त्रण गर्न प्रदेश २ सरकारद्वारा २५ करोडको राहत कोष स्थापना

विश्वभर फैलिएको कोरोना संक्रमण रोकथाम गर्न प्रदेश सरकारले राहत कोष स्थापना गरेको छ ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

जनकपुरधाम– विश्वभर फैलिएको कोरोना संक्रमण रोकथाम गर्न प्रदेश सरकारले राहत कोष स्थापना गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम तथा यस प्रभावितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले २५ करोडको राहत कोष स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले सरकारको तर्फबाट २५ करोडको राहतकोषको स्थापना गर्ने र कोषमा सम्पूर्ण मन्त्रीहरुको तर्फबाट एक–एक महिनाको तलब दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

उनले राहत कोषमा सहयोग गर्न सामाजिक संघसंस्था, प्रदेशका व्यापारिक घराना एवं इच्छुक व्यक्तिहरुलाई आह्वान समेत गरिने बताए ।

यसैगरी बैठकले महामारी नियन्त्रणको लागी मुख्यमन्त्रीको संयोजकत्वमा सबै मन्त्री रहने गरि उच्च स्तरीय निर्देशन समिति गठन गरेको छ भने महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ ।

कार्यकारी समितिलाई मन्त्रिपरिषद् बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागी आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रण गर्न आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागी व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छ ।

साथै मन्त्रिपरिषदले प्रादेशिक अस्पताल जनकपुर, वीरगंज र राजविराजमा कोरोना सम्बन्धि जाँच गर्ने ल्याबको स्थापना गर्ने निर्णय समेत गरेको प्रवक्ता यादवले जानकारी दिए ।

मन्त्रिपरिषदको बैठकले लकडाउनका कारण समस्यामा रहेका गरिव तथा विपन्न परिवारका लागी आवश्यक राहतको व्यवस्था गर्न स्थानीय तहसँग समन्वय गरेर अघि बढने निर्णय गरेको छ ।

प्रकाशित: Mar 26, 2020| 07:58 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।