बिहीबार, भदौ ४, २०८३

क्युआर ६५२ उडान मार्फत आएका थप दुई जना अस्पताल भर्ना

चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडान मार्फत नेपाल आएका कैलाली र कञ्चनपुरका युवा पनि अस्पताल भर्ना भएका छन्।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

धनगढी– चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडान मार्फत नेपाल आएका कैलाली र कञ्चनपुरका युवा पनि अस्पताल भर्ना भएका छन्।

कतार एयरवेजको क्युआर ६५२ उडानमा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालय उक्त उडानमा आएका अन्य यात्रुहरुको खोजी गरी क्वारेन्टाइनमा भर्ना गराइरहेको छ।

यसै क्रममा कैलालीको धनगढीका युवकलाई सेती प्रादेशिक अस्पताल र कञ्चनपुरका युवकलाई महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो।

धनगढीका युवक आफ्ना भाईसहित सेती अस्पतालको आईसोलेसनमा भर्ना भएका हुन्।

प्रहरीले धनगढीका एक जना युवक सोही जहाजमा आएको थाह पाएपछि खोजी गरिरहेको थियो भने ति युवक भाई सहित आफै अस्पतालमा भर्ना भएका हुन्।

कञ्चनपुरका युवक महाकाली अस्पतालको सम्पर्कमा आएको र सामान्य स्वास्थ्य जाँचपछि उनलाई पनि अस्पतालको आईसोलेसनमा राखिएको अस्पतालले जनाएको छ।

दुबैको थ्रोट स्वाव परीक्षणको लागि बिहिबार काठमाडौँ पठाइएको छ।

यसअघि सोही उडानबाट नेपाल आएका ताप्लेजुङका युवक र मोरङको शनिश्चरेका ५० वर्षे व्यक्ति बुधबार मोरङको टाँडीस्थित क्वारेन्टाइन अस्पतालमा भर्ना भएका थिए।

हालसम्म उक्त उडानबाट नेपाल आएकामध्ये ती युवतीबाहेक अरुमा कोरोनाको संक्रमण पुष्टि भएको छैन।

प्रकाशित: Mar 26, 2020| 06:40 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।