बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रमिकहरूका लागि विशेष प्याकेज ल्याउन नागरिक अगुवाहरूको अपिल

श्रमिकहरूका लागि विशेष प्याकेज ल्याउन नागरिक अगुवाहरूको अपिल

 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

काठमाडौंः श्रमिकहरूका लागि विशेष प्याकेजको घोषणा गर्न नागरिक अगुवाहरूले अपिल गरेका छन्।

कल्याण श्रेष्ठ, सुशीला कार्की, प्रा. केदारभक्त माथेमा, दुर्गा सुवेदी र रवीन्द्र मिश्रले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै दैनिक ज्यालादारीमा काम गर्नेहरूलाई सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ, “दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गरोस् भनि हामी सरकारसँग जोडदार माग गर्दछौँ।”

प्याकेजमा निःशुल्क रासन, बेतनसहितको बिदा, बालबच्चाको स्कूलमा फि मिनाह, निःशुल्क उपचारलगायतका विषय समेट्न अपिल गरिएको छ।

उनीहरूले यो संकटबाट पार पाउन राजनीतिक आरोप, प्रत्यारोपबाट माथि उठेर काम गर्नुपर्ने धारणा राखेका छन्।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमण (कोभिड १९) नियन्त्रणका लागि सरकारले लिएका कदमको उनीहरूले स्वागत गरेका छन्।

प्रकाशित: Mar 26, 2020| 05:37 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।