बिहीबार, भदौ ४, २०८३

भारतबाट आएका नेपालीको क्वारेन्टाइनमा मृत्यु

भारतबाट फर्किएर कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

कास्की- भारतबाट फर्किएर कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।

१२ दिनअघि भारतबाट फर्किए पनि मंगलबारबाट मात्रै क्वारेन्टाइनमा राखिएका रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो मृत्यु भएको हो ।

भारतको हैदरावादबाट फर्किएका उनी बुधबार बिहान खाना खाएर सुतेका थिए । अबेरसम्म पनि नउठेपछि नेपालीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लैजादैँ गर्दा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले नेपाल समयलाई जानकारी दिए ।

ओझाका अनुसार मृतक नेपालीमा मुटु तथा कलेजोको समस्या थियो । उनले नियमति रुपमा पाँच प्रकारको औषधी खादै आएका थिए । उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन ।

नेपालीमा कोरोना संक्रमणको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको थियो ।

प्रकाशित: Mar 26, 2020| 04:03 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।