बिहीबार, भदौ ४, २०८३

आलु र प्याज कालोबजारी गर्ने तीनजना जनकपुरबाट पक्राउ

सरकारलेआव्हान गरेको लकडाउनको मौका छोपेर तरकारीमा कालोबजारी गर्ने तीनजनालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

जनकपुरधाम- सरकारलेआव्हान गरेको लकडाउनको मौका छोपेर तरकारीमा कालोबजारी गर्ने तीनजनालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ ।

अन्य दिनभन्दा झन्डै दोब्बर मूल्यमा आलु र प्याज बिक्री गरेको भन्दै प्रहरीले बुधबार साँझ उनीहरुलाई जनकपुरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा जनकपुरधाम–४ बस्ने विकासकुमार साह, अंकित साह र प्रदीप अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ परेका उनीहरु खुद्रा व्यवसायी हुन्। उनीहरुले ग्राहकलाई प्याज प्रतिकेजी ८० र आलु प्रतिकेजी ५० रुपैयाँमा बिक्री गरेको पाइएपछि नियन्त्रमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन्।

साहद्धयलाई महावीर चोक र अग्रवाललाई भूतनाथ मन्दिर नजिकबाट पक्राउ गरिएको कार्कीले बताए।

पक्राउ परेका उनीहरुले थोक विक्रेतालेनै महँगोमा बेच्ने गरेकोले आफूहरुलाई पनि बढी मूल्य लिएर बेच्नु परेको बताएका छन्।

लकडाउन भएपछि आपूर्तीमा कमी भएको बहाना बनाउँदै थोक बिक्रेताहरु बढी मूल्य लिएर कालोबजारी गरेको उपभोक्ताहरुले आरोप लगाएका छन्।

कालोबजारी नियन्त्रण गर्न प्रहरी सक्रिय भएर लागेको डीएसपी कार्कीले बताए।

प्रकाशित: Mar 26, 2020| 03:09 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।