बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'कोरोनाविरूद्ध देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त हुँदैन'

'कोरोनाविरूद्ध देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त हुँदैन'

 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताएका छन्।

उनले कोभिड–१९ महामारी मानवजगतका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण व्यक्ति र देश लागिपर्नुपर्ने बताएका हुन्।

महासचिव गुटेरसले भनेका छन्, “यो महामारीलाई बलिया र विकसित देशले नियन्त्रण गरेर मात्रै हुँदैन, विकासोन्मुख र अल्पविकसित देशबाट पनि निर्मुल पार्नुपर्छ।”

उनले केही देशले मात्रै नियन्त्रणमा लिंदा यसले अर्कोपटक महामारीको रुप लिनसक्ने चेतावनी दिएका छन्। उनी भन्छन्, “त्यसैले यो आधा मात्रै लडेर छोड्न मिल्ने खालको लडाइँ होइन।”

यसअघि अल्पविकसित र जोखिमपूर्ण देशहरूका लागि राष्ट्रसंघले दुई अर्ब डलरको कोष बनाएको छ।

 

प्रकाशित: Mar 26, 2020| 02:50 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।