बिहीबार, भदौ ४, २०८३

स्पेनले पनि उछिन्यो चीनलाई, २४ घण्टामा ७३८ को मृत्यु

स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या चीनभन्दा बढी पुगेको छ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या चीनभन्दा बढी पुगेको छ। सीएनएनका अनुसार युरोपेली मुलुक स्पेनमा २४ घण्टामा ७३८ जनाको मृत्यु भएको छ भने कुल मृत्यु संख्या ३ हजार ३ सय ३४ पुगेको छ। ।

योसँगै विश्‍वमा कोरोनाबाट ज्यान गुमाउनेमा इटालीपछि स्पेन भएको छ। इटालीमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ भने चीनमा ३ हजार ४ सय ३४ ।

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ७८५ मात्रै भए पनि संक्रमितहरुको संख्या भने तीव्ररुपमा वृद्धि भइरहेको छ । अमेरिकामा ५५ हजार ८१ संक्रमित छन् भने स्पेनमा ४७ हजार ६१० छन्।

इटालीमा ६९ हजार १७६ संक्रमित छन् भने चीनमा ८१ हजार २१८ संक्रमित भएका छन् । चीनमा ७३ हजार ६५० कोरोना संक्रमितको उपचार गरिएको छ ।

प्रकाशित: Mar 26, 2020| 00:41 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।