बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीमा १५ करोडको राेकथाम कोष, १७ जना क्वारेन्टाइनमा

गण्डकीमा १५ करोडको राेकथाम कोष, १७ जना क्वारेन्टाइनमा

गण्डकी प्रदेश सरकारले कोरोना रोकथाम र उपचारका लागि १५ करोड रुपैयाँको रोकथाम कोष खडा गरेको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

पोखरा- गण्डकी प्रदेश सरकारले कोरोना रोकथाम र उपचारका लागि १५ करोड रुपैयाँको रोकथाम कोष खडा गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको हो।

बैठकले राष्ट्रिय बाणिज्य बैङ्कमा खाता खोलेर सो कोष स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।

कोषमा सातै जना मन्त्रीहरुको एक महिनाको तलब जम्मा गर्ने निर्णय भएको र प्रदेशसभा सदस्य, अन्य जनप्रनिनिधि, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र तथा संघसंस्थालाई समेत रकम जम्मा गर्नका लागि अनुरोध गरिएको उनको भनाइ छ।

मन्त्रिपरिषद्ले आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा पाँच सदस्सीय कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन समिति गठन गरेको छ। समितिमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधारमन्त्री बस्नेत, सामाजिक विकासमन्त्री नरदेवी पुन र सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल सदस्य छन्।

उक्त कोषको रकम कोही कोरोना संक्रमित भइहालेमा उनीहरुको उपचारका लागि खर्च गरिने बस्नेतले बताए।

प्रदेश सरकारले प्रदेशभित्रका ११ वटै जिल्ला अस्पताललाई १० १० करोड रुपैयाँ दिने निर्णय गरेको छ। यस्तै प्रदेशभित्र ५० शय्याभन्दा बढी भएका अस्पतालमा आइसोलेसन राख्न पनि निर्देशन दिइएको छ।

भारतलगायत विभिन्न मुलुकबाट आएका कोरोना भाइरसका शंकास्पद १७ जनालाई क्वारेन्टाइनमा राखेको छ। उनीहरुलाई पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रमा राखिएको प्रदेश सरकारले जनाएको छ।

प्रकाशित: Mar 25, 2020| 14:36 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।