बिहीबार, भदौ ४, २०८३

प्रेमीसँग मिलेर ६० वर्षे पतिको हत्या

६० वर्षीय पतिको हत्या गरेको अभियोगमा प्रहरीले धनुषाबाट कोशिला देवीलाई पक्राउ गरेको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

जनकपुरधाम– ६० वर्षीय पतिको हत्या गरेको अभियोगमा प्रहरीले धनुषाबाट कोशिला देवीलाई पक्राउ गरेको छ। उनीसँगै २७ वर्षीय राकेशकुमार मण्डल पनि पक्राउ परेका छन्। राकेश आफ्नो प्रेमी भएको बयान कोशिलाले प्रहरीसमक्ष दिएकी छन्।

धनुषाको शहीदनगर नगरपालिका–३ घर भएका ६० वर्षीय राजकिशोर मण्डलकी कान्छी श्रीमती हुन् कोशिला। पक्राउ परेका दुबैजनालाई प्रहरीले सार्वजनिक गरेको छ । कोशिलालाई घटनास्थलबाट र राकेशलाई उसको घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मण्डल आफ्नो घरमा सुतिरहेका बेला फागुन २८ गते राकेशसँग मिलेर कोशिलाले कंक्रिट ढुंगाले टाउकोमा प्रहारी गरी हत्या गरेको प्रहरीले बताइको छ।

प्रहरीका अनुसार होलीको दिन कान्छी श्रीमती कोशिलाले प्रेमी राकेशलाई टेलिफोन गरी योजना बनाएर राति खानामा नशालु ट्याबलेट मिलाएर खुआएका थिए । पति राजकिशोर निदाइसकेपछि आफ्नो प्रेमी राकेशलाई बोलाएर राति करिब २ बजे घर बाहिर रहेको कंक्रिट ढुंगाले पटकपटक टाउकोमा प्रहार गरी विभत्स तरिकाले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजनाले प्रहरीसमक्ष आफूहरुले राजकिशोरको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । दुबैजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भइ थप अनुसन्धान भइरहेको कार्कीले बताएका छन् ।

प्रकाशित: Mar 25, 2020| 14:36 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।