बिहीबार, भदौ ४, २०८३

मेलम्ची आयोजनाको काम ठप्प

मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका काम ठप्प भएका छन् ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका काम ठप्प भएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले देशभर लकडाउन गरेपछि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनमा समेत प्रत्यक्ष प्रभाव परेको छ । देशभर लकडाउन भएपछि आयोजनामा भइरहेको सबै काम रोकिएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए।

एक साताअघि मात्रै खानेपानीमन्त्री विना मगरको उपस्थितिमा आयोजनाको सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो । आगामी बडादशैँअघि नै मेलम्चीको पानी काठमाडौँमा ल्याउने योजनानुसार तीव्र गतिमा काम भइरहे पनि कोरोनाका कारण अब ढिला हुन सक्ने कार्यकारी निर्देशक खत्रीले बताए। आयोजनास्थलमा काम गर्ने स्थानीय मजदूर घर फर्के पनि विदेशी मजदूर भने आयोजनास्थलमा नै सुरक्षितसँग बसिरहेको खत्रीले बताए ।

कोरोनाका कारण जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनादेखि अन्य सबै निर्माणका काम रोकिएका छन् । एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पनि सबै रोकिएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए। त्यस्तै जिल्लामा स्थानीय, प्रदेश र सङ्घबाट सञ्चालित विभिन्न विकासनिर्माणका काम पनि रोकिएको छ ।

प्रकाशित: Mar 25, 2020| 07:59 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।