काठमाडौं– प्रतिनिधिसभाको भोलि (बिहीबार) बस्ने भनिएको बैठक स्थगित भएको छ। बैठक यही चैत २३ गते बस्ने भएको छ।
संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले बुधबार सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएका छन्।
“सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभाभुखज्यूले अर्काे बैठक मिति २०७६ चैत २३ गते आइतबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” विज्ञप्तिमा भनिएको छ।
