बिहीबार, भदौ ४, २०८३

उपत्यकाबाट ७०८ सवारीसाधन नियन्त्रणमा

‘लकडाउन’को अवधिमा उपत्यकाका विभिन्न स्थानबाट अनुमति (पास)नलिई सञ्चालन भएका सात सयभन्दा बढी सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

काठमाडौं– ‘लकडाउन’को अवधिमा उपत्यकाका विभिन्न स्थानबाट अनुमति (पास) नलिई सञ्चालन भएका सात सयभन्दा बढी सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार बिहान १० बजेसम्म अनुमति नलिई सञ्चालन भएका सात सय आठ सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ।

महाशाखाकाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले ‘लकडाउन’मा अटेर गरी सञ्चालन गरिएका सवारी साधनलाई पहिलो दिन (मंगलबार) सम्झाई बुझाई छोडिए पनि दोस्रो दिन नियन्त्रणमै लिएको बताए।

यस्तै, प्रहरीले घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाईसमेत सम्झाई बुझाई गरी घरतर्फ फर्काउने गरेको जनाएको छ।

सरकारले ‘लकडाउन’मा अत्यावश्यक सेवा र अनुमति लिएका सवारी साधन मात्रै चल्न दिने व्यवस्था गरेको छ।

विश्वभर महामारीकारूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन सरकारले मंगलबारदेखि एक सातासम्म देशभर ‘लकडाउन’ गरेको हो।

प्रकाशित: Mar 25, 2020| 05:30 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।