बिहीबार, भदौ ४, २०८३

तीनजना बोकेको मोटरसाइकल ट्रकमा ठोकिँदा एकको मृत्यु

सरकारले देशव्यापी रुपमा लकडाउन गरेको अवस्थामा तीनजना बोकेर कुदेको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

काठमाडौं- सरकारले देशव्यापी रुपमा लकडाउन गरेको अवस्थामा तीनजना बोकेर कुदेको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

भक्तपुरको जगातीमा गएराति उक्त मोटरसाइकल रोकिराखेको ट्रकमा गएर ठोकिँदा कमलविनायक बस्ने सिन्धुपाल्चोकका २८ वर्षीय उत्तर बहादुर तामाङको मृत्यु भएको हो।

सल्लाघारीस्थित डा. ईवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको गएराति मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार २८ वर्षकै आकाश तामाङ र १९ वर्षीया कोलसङ डोल्मा तामाङको उपचार भइरहरेको छ। आकाशको अवस्था भने गम्भीर रहेको छ।

राती सवा ९ बजे ना६ख ११०३ नम्बरको ट्रकको पछाडि बा ९० प ४०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर ठोकिएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ।

प्रकाशित: Mar 25, 2020| 04:45 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।