बिहीबार, भदौ ४, २०८३

दुई जलविद्युत् आयोजनाको काम रोकियो

भेरी नदीमा निर्माण हुने दुई जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अवरुद्ध भएको छ ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

भेरी नदीमा निर्माण हुने दुई जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अवरुद्ध भएको छ ।

नेपालमा लक डाउन भएको भन्दै चिनियाँ कामदारहरु आतिएर काम छाडेको जानकारी आएको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिए। काम गर्ने चिनियाँ टोली मङ्गलबार दिउँसो रुकुमपश्चिम आठविसकोट नगरपालिकाको राडीमा आएको सूचना पाएको तर खोज्न जाँदा नभेटिएको उनको भनाइ छ । अहिले फेरी प्रहरीसँग सम्पर्क गरेर चिनियाँ टोलीलाई खोज्न जान लागेको उनले बताए।

चाइना गेजुवा कम्पनीले सात सय २१ मेघावाट जलविद्युत् उत्पादन क्षमताको भेरी–१ र भेरी–२ हाइड्रोपावर परियोजनाको डीपीआर अध्ययन दुई वर्षदेखि जारी रहेको छ ।

कम्पनीले विस्तृत आयोजना प्रतिवेदन दुई वर्षमा सम्पन्न गर्ने गरी केही समय अघिदेखि कार्य शुरु गरेको हो । गेजुवाले विद्युत् विकास समितिबाट इजाजत लिएर उक्त कार्य शुरु गरेको हो । कम्पनीले डीपीआरका लागि जाजरकोट नलगाडको चौखा, तल्लोबगर, बस्नेत गाउँ तथा रुकुमको मनकाबगर, त्रिवेणीलगायत स्थानमा ड्रिलिङ, माटो तथा ढुङ्गाखानी परीक्षणलगायत कार्य गरिरहेको छ ।

एसी पावर कम्पनीले आयोजनाको पहिचान तथा प्रारम्भिक सर्भे डिजाइनका लागि रु सात करोड खर्च गरिसकेको छ । ०६६ सालमा उक्त हाइड्रोपावर पहिचान भएको थियो । चार सय ८० मेघावाट क्षमताको भेरी–१ को नलगाड नगरपालिका– १२ चौखास्थित तल्लो छहरामा पावर हाउस बन्ने भएको छ । यसका लागि जाजरकोट, रुकुम र डोल्पाको सीमास्थित मनकाबगरमा ६० मिटर उचाइको ड्याम बन्नेछ भने पावर हाउससम्म १५ किलोमिटर सुरुङ निर्माण हुनेछ ।

त्यस्तै दुई सय ४१ मेघावाट विद्युत् उत्पादन क्षमताको भेरी–२ का लागि चौखामा ३५ देखि ४० मिटर उचाइको बाँध तथा १३ किमि सुरुङमार्ग र नलगाड–७ चामाखेतमा पावर हाउस निर्माण हुने भएको छ । गेजुवाले डीपीआर निर्माण गर्न रु ५० करोड लाग्ने जनाएको छ ।
रासस

प्रकाशित: Mar 25, 2020| 02:51 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।