बिहीबार, भदौ ४, २०८३

लकडाउनमा पनि होङ्शी सिमेन्ट उद्योग सञ्चालनमा

नपलपरासीको सर्दीमा रहेको होङ्शी सिमेन्ट उद्योगले सरकारले जारी गरेको लकडाउन अवेज्ञा गरेको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

भैरहवा– नपलपरासीको सर्दीमा रहेको होङ्शी सिमेन्ट उद्योगले सरकारले जारी गरेको लकडाउन अवेज्ञा गरेको छ। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मंगलबारदेखि लकडाउन घोषणा गरे पनि उद्योग चलिरहेको छ।

चिनियाँ लगानी रहेको उक्त उद्योगमा सयौं मजदुर काम गर्छन् । उद्योगमा अहिले पनि नियमित काम भइरहेको उद्योगका प्रतिनिधि नितेश भट्टराईले बताए। उनले भने, ‘हामीले बाहिरकालाई भित्र जान दिएका छैनौं र भित्रका बाहिर निस्केका छैनन् । तर काम भइरहेको छ।’ उद्योग नै आइसोलेटेड तरिकाले चलाएको दाबी उनले गरे।

नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सरकारी निर्देशनविरुद्ध जाने कसैलाई अधिकार नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘उद्योग सञ्चालन भएको रहेछ भने तत्काल अनुगमन गरेर कारबाहि गर्छौं।’

प्रकाशित: Mar 25, 2020| 02:43 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।