बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खाद्यवस्तुको पसल खोल्न व्यापारीलाई सरकारको निर्देशन

खाद्यवस्तुको पसल खोल्न व्यापारीलाई सरकारको निर्देशन

सरकारले खाद्यवस्तुको बिक्रि गर्ने पसलहरु खोल्न व्यापारीलाई निर्देशन दिएको छ ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

काठमाडौं– सरकारले खाद्यवस्तुको बिक्रि गर्ने पसलहरु खोल्न व्यापारीलाई निर्देशन दिएको छ ।

लकडाउन’को पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री हुने पसल समेत बन्द भएपछि गृह मन्त्रालयले अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु निर्बाध रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका सहप्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘पहिलो दिन भएकाले आवश्यक वस्तु र सेवा सञ्चालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएको पनि देखिएका छन्। त्यस्ता सेवा सञ्चालन गर्न गृहमन्त्रालय अनुरोध गर्दछ ।’

गृहले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायत कारोबार गर्ने पसलहरु बन्द नहुने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा ‘लकडाउन’को व्यवस्थालाई कार्यान्वयन गर्न आमनागरिकलाई आग्रह गरिएको छ।

प्रकाशित: Mar 25, 2020| 02:34 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।