बिहीबार, भदौ ४, २०८३

स्पेनमा भेटियो वृद्धवृद्धाका वेवारिसे शव

युरोपका इटाली र स्पेनमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। स्पेनमा त कोरोना भाइरसविरुद्ध लड्न सेनासमेत परिचालन गरिएको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

युरोपका इटाली र स्पेनमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। स्पेनमा त कोरोना भाइरसविरुद्ध लड्न सेनासमेत परिचालन गरिएको छ।

अलजजिराका अनुसार सेनाले त्यहाँ वृद्धवृद्धाका वेवारिसे शव फेला पारेको छ। वृद्धवृद्धाका लागि खोलिएका आराम कक्ष तथा केयर सेन्टर स्यानिटाइज गर्ने क्रममा वृद्धवृद्धाका वेवारिसे शव भेटिएको हो।

कोरोना भाइरसको संक्रमण चीन, इटालीपछि स्पेनमा तीव्र रुपमा फैलिरहेको छ। स्पेनमा कोरोना संक्रमितको संख्या करिब ४० हजार पुगेको छ भने मंगलबारसम्ममा करिब २७ सयको मृत्यु भएको छ।

मंगलबार स्पेन सरकारले अहिलेसम्मको उच्च मृत्यु भएको बताएको थियो। त्यहाँ २४ घण्टामा ५१४ जनाको मृत्यु भएको थियो। पछिल्ला तीन दिनमा संक्रमितको संख्या दोब्बर भएको छ।

प्रकाशित: Mar 25, 2020| 02:29 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।