बिहीबार, भदौ ४, २०८३

कोरोना अस्पतालमा मृत्यु भएका युवामा कोरोना देखिएन

भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका बिरामी कोरोना संक्रमित नभएको पुष्टि भएको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

काठमाडौँ- भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका बिरामी कोरोना संक्रमित नभएको पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको कोरोना अस्पतालका प्रवक्ता डा। भोजराज अधिकारले जानकारी दिए।

उनले भने– 'मृतक युवकमा कोरोना संक्रमणको आशंका गरिए पनि संक्रमण भने नरहेको पुष्टि भएको छ।'

उनको स्वाबको नमूना परीक्षणका लागि सोमबार नै राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको थियो। प्रयोगशाला प्रमुखले फोनमा भरतपुर अस्पतालका मेडिकल सुपरिडेन्डन्टलाई उनको रिपोर्टमा कोरोना नदेखिएको जानकारी गराएको पनि प्रवक्ता अधिकारीले बताए।

आइतबार अस्पताल भर्ना गरिएका वीरगञ्जका ३० वर्षीय युवाको मंगलबार बिहान अस्थायी अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो।

लुपस नामक रोगले पीडित ती युवा केही समयदेखि मिर्गौला र फोक्सोको समस्याले ग्रसित थिए। उपचारका लागि उनलाई वीरगञ्जबाट उनलाई भरतपुर अस्पताल ल्याइएको थियो।

ज्वरो र निमोनिया देखिएपछि कोरोनाको आशंकामा कोरोना उपचार अस्पताल ल्याइएको थियो।

प्रकाशित: Mar 25, 2020| 01:00 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।