बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन घोषणा गर्दै मोदीले भने– २१ दिन संयम रहन सकेनौं भने देश २१ वर्ष पछि धकेलिन्छ

लकडाउन घोषणा गर्दै मोदीले भने– २१ दिन संयम रहन सकेनौं भने देश २१ वर्ष पछि धकेलिन्छ

लकडाउन घोषणा गर्दै मोदीले भने– २१ दिन संयम रहन सकेनौं भने देश २१ वर्ष पछि धकेलिन्छ
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति १२ बजेदेखि २१ दिनका लागि देशभर पूर्ण लकडाउनको घोषणा गरेका छन्। मोदीले देशका नाममा सम्बोधन गर्दै लकडाउनको घोषणा गरेका हुन्। यो एक किसिमले कर्फ्यु नै भएको भन्दै उनले जनतालाई सचेत पनि गराएका छन्।

उनले कोरोनाबाट बच्न घरबाट बाहिर ननिस्कन र भौतिक दूरी कायम गर्न आह्वान गरेका छन्।

जनतालाई २१ दिन संयम रहन आग्रह गर्दै उनले २१ दिन संयम नरहे देश २१ वर्ष पछि धकेलिन सक्ने बताएका छन्। ‘म प्रधानमन्त्री हैन, तपाईंको परिवारको एक सदस्यको नाताले भन्छु– २१ दिन घरबाट बाहिर निस्कन बिर्सनुस्। जहाँ हुनुहन्छ त्यहीँ रहनुस्,’ मोदीले भने।

प्रकाशित: Mar 24, 2020| 15:09 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।