न्यूयोर्क– कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको न्यूयोर्कमा एक नेपालीको मृत्यु भएको छ।
अमेरिकाको न्यूयोर्क, इस्ट एल्महर्स्ट , क्वीन्समा बसोबास गर्दै आएका ५० वर्षीय अनिल लिम्बु (सुब्बा) को एल्महर्स्ट अस्पतालमा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए ।
पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि २ छोरा १ छोरी र श्रीमतीकासाथ अमेरिकामा बस्दै आएका थिए।
मधुमेह र उच्च रक्तचापका विरामी समेत रहेका उनको स्थानीय समयअनुसार मंगलबार बिहान निधन भएको हो।
कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।