बिहीबार, भदौ ४, २०८३

ओलम्पिक खेल एक वर्षपछि सर्‍यो  

कोरोना भाइरसको महामारीका कारण टोक्यो ओलम्पिक– २०२० स्थगित हुने भएको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

एजेन्सी-  कोरोना भाइरसको महामारीका कारण टोक्यो ओलम्पिक– २०२० स्थगित हुने भएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखसँग कुराकानीपछि जापानका प्रधानमन्त्री सिन्जो आबे ओलम्पिक खेल हालका लागि स्थगित गर्न तयार भएका हुन्।

यसअघि ओलम्पिक खेल जुन २४ देखि जापानको टोक्योमा सुरु हुने कार्यक्रम थियो ।

एनएचकेको अनलाइन संस्करण अनुसार सन् २०२१ को गृष्मभन्दा ढिलो नहुने गरी ओलम्पिक खेल स्थगित गरिएको हो।

एक साताअघि मात्रै जापानी प्रधानमन्त्री आबे प्रतियोगिता सार्न सहमत भएका थिएनन् ।

प्रतियोगिता सार्नका लागि विभिन्न देशका ओलम्पिक कमिटी र खेलाडीहरुले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र जापान सरकारलाई दबाब दिइरहेका थिए।

प्रकाशित: Mar 24, 2020| 13:19 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।