बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमामा अलपत्र नेपाली १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने

सीमामा अलपत्र नेपाली १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने

सरकारले भारतीय सीमामा अलपत्र नेपालीलाई परिचयपत्रका आधारमा स्वदेश प्रवेश गराउने भएको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

काठमाडौं- भारतीय सीमामा अलपत्र नेपाली स्वदेश प्रवेशपछि १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएकाे छ।

सरकारले उनीहरूलाइ आज एक दिनका लागि मात्र परिचयपत्रका आधारमा स्वदेश प्रवेश गराउन लागेकाे छ।

काेराेना राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको मंगलबार साँझ बसेको बैठकले उनीहरुलाई नेपालीकाे पहिचान हुने परिचयपत्र हेरेर स्वदेश प्रवेश दिइने निर्णय गरेको हो।

समितिले यसरी प्रवेश गरेका नेपालीलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राख्न प्रदेश सरकारलाई निर्देशन दिएको छ।

समितिले बजारमा अभाव रहेका औषधि आपूर्ति गर्न निजी क्षेत्रलाई जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले दिए।

उनले भने, 'औषधि ल्याउन सक्ने निजी क्षेत्रलाई आह्वान गरी व्यवस्थित आपूर्ति गरिनेछ।' समितिले सबै संस्थालाई केन्द्रीय उपचार कोषमै रकम जम्मा गर्न आग्रह गरेको छ।

मन्त्री खतिवडाले भने, 'कुनै संस्थाले संस्थागत रुपमा रकम संकलन गर्दछ भने त्यसमा मातहतका व्यक्ति वा संस्थाका सम्बन्धित कर्मचारीको मात्र रकम जम्मा गर्नुपर्नेछ र साताभित्रै केन्द्रीय कोषमा दाखिला गरिसक्नुपर्नेछ।'

उनले कोरोना परीक्षणका लागि तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र वीर अस्पतालमा यन्त्र उपकरण जडान गर्न लागिएको जानकारी दिए।

प्रदेश स्तरमा परीक्षण प्रयोगशाला स्थापना नहुन्जेलसम्म छिटो सवारीसाधनका माध्यमबाट टेकुस्थित केन्द्रीय प्रयोगशालामा परीक्षण गरिने निर्णय समितिले गरेको छ।

मन्त्री खतिवडाले सरकारले कोरोना परीक्षणका लागि चीन र भारतबाट मेडिकल किट ल्याउन प्रक्रिया थाले पनि केही ढिलाइ हुने हुँदा छिटो ल्याउन निजी क्षेत्रलाई आग्रह गरिने बताए। बैठकमा सीमावर्ती क्षेत्रमा भइरहेका गतिविधिबारे विश्लेषण भएको थियो।

 

प्रकाशित: Mar 24, 2020| 11:11 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।